माघ १८, २०७२
प्रेस विज्ञप्ति
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस पर्वतका पूर्व सभापति ९३ वर्षीय श्री नारायणप्रसाद जोशीको आज काठमाडाँै स्थित जनमैत्री अस्पतालमा उपचारका क्रममा निधन भयो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय व्यक्तित्व श्री जोशी विगत १५ वर्षदेखि असख्त भई घर मै उपचार गराइरहनु भएकोमा अचेत अवस्थामा पुगेपछि भरतपुर अस्पताल हुँदै काठमाडौँ स्थित जनमैत्री अस्पतालमा उपचार गराइरहनु भएको थियो । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदा तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सम्पत्ति सर्वश्वहरण गरेको थियो । स्वर्गीय जोशीले लामो समयसम्म प्रवासमा निर्वासित जीवन विताउनु भएको थियो ।
नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले प्रजातन्त्र सेनानी नारायणप्रसाद जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति कोइरालाले भन्नु भएको छ— नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा स्वर्गीय जोशीले सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
स्वर्गीय जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका निमित्त आज अपरान्ह ४ बजेसम्म जनमैत्री अस्पताल, बालाजुमा राखिनेछ । त्यसपछि आजै अपरान्ह ५ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
प्रकाश शर्मा
सचिव
0 comments:
Post a Comment